बा, आमा र छोरामा कोरोना संक्रमण पुष्टि

नेपालगन्ज : बाँकेको कोहलपुर नगरपालिकामा एकै परिवारका बा, आमा र छोरामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार कोहलपुर २ का ३९ वर्षका पुरुष, उनकी पत्नी र ९ वर्षका छोरामा बुधबार कोरोना पुष्टि भएको हो ।
कोहलपुर २ का वडा अध्यक्ष कर्णसिंह बुढा क्षेत्रीका अनुसार लामो समयदेखि भारतमा बस्दै आएका उनको परिवार अब नेपालमै बस्ने भनेर डेराडण्डीसहित घर फर्केको थियो । उनीहरु सात जना एउटै गाडीमा दिल्लीबाट नेपाल आएर कोहलपुर २ को लक्ष्मी माध्यमिक विद्यालय वर्दहवाको क्वारेन्टाइनमा बसेका थिए । सबै जनाको पीसीआर परीक्षण गर्दा अन्य चार जनाको रिपोर्ट भने नेगेटिभ आएको वडा अध्यक्ष क्षेत्रीले प्रष्ट पारे । एकै परिवारका तीन जना संक्रमितमा कोरोनाका कुनै पनि लक्षण नदेखिएको र उनीहरु स्वस्थ रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *