साढे २ लाखको बिँडीसहित ३ पक्राउ

मानबहादुर ठकुल्ला । भजनी
कैलालीको भजनी नगरपालिका ३ बाट अवैध समानसहित तीन जना पक्राउ परेका छन ।

भारतबाट लुकाइछिपाइ भारतीय बिँडी नेपाल ल्याउँदै गरेका तीन जनालाई शसस्त्र प्रहरीले बिहीबार राति ४ बजे पक्राउ गरेको शसस्त्र प्रहरी सीमा सुरक्षा बल कुसुमघाटका प्रहरी निरीक्षक मुक्ति खडकाले जानकारी दिए । उनीहरुले करिब २ लाख ४० हजार बराबरको बिँडी नेपाल भित्र्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको जनाएको छ । पक्राउ पर्नेमा भजनी नपा ३ कुसुमघाटका रुपेश विक ,कृष्ण केसी र पुष्कर कठायत रहेका छन् । उनीहरुलाइ कारबाहीका लागि सत्ती भन्सार कार्यालय खक्रौला बुझाइएको छ । अभियुक्त रुपेश विकका दाजु प्रेम विकले आफ्नो भाइलाई राति सुतिरहेको अवस्थामा उठाएरलगेर सुनियोजित तरिकाले फसाएको दाबी गरिरहेका छन् । केही दिन अघि नेपाल प्रहरीले एक लाख बराबरको सुर्तीसहित एकजनालाई पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *