कोरोनाबाट काठमाडौंमा ८५ वर्षका वृद्धको मृत्यु, नेपालमा मृतक पुगे ३२

नेपालगन्ज : कोरोना भाइरस (कोभिड -१९) बाट काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षीय पुरुषको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबारको पत्रकार सम्मेलनमा उच्च रक्तचाप र पार्किन्सन रोगबाट पीडित वृद्ध छाती दुखेको र पिसाब कम भएको समस्या लिएर अस्पतालको आइसीयुमा उपचारको क्रममा १७ असार १७मा मृत्यु भएको जानकारी दिए । उनलाई कोरोना पोजिटिभ देखिएको गौतमले जानकारी दिए। हालसम्म नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३२ पुगेको छ।
बिहीबार एकैदिन सात सय ४० जना नयाँ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या १५ हजार दुई सय ५९ पुगेको हो। ६ हजार एक सय ४३ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् ।