ब्राउन सुगर र ६ लाखसहित २ जना पक्राउ

लागू औषधसहित पक्राउ परेका छत्र साउँद र मुकेश रावल । फोटो सौजन्य : इप्रका टीकापुर

टीकापुर : इलाका प्रहरी कार्यालय टीकापुरले ३ ग्राम ७०० मिलिग्राम ब्राउन सुगर र ६ लाख नगदसहित दुई जनालाई पक्राउ गरेको छ ।
टीकापुर नगरपालिका १ व्यवसाय क्षेत्र बस्ने वर्ष २८ का छत्र साउँद र वडा नम्बर ६ नारायणपुरका वर्ष २६ का मुकेश रावल पक्राउ परेको इप्रका इन्चार्ज डीएसपी मधुसुधन न्यौपानेले जानकारी दिए । लागू औषधको कारोवार भैरहेको भन्ने विशेष सूचनाका आधारमा इप्रकाको टोलीले छत्र साउँदको घर खानतलासी गर्दा दाउराको थुप्रोमा लुकाएर राखेको ब्राउन सुगर, नगद र डिजिटल तराजु फेला परेको हो । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको इप्रका टीकापुरले जनाएको छ ।