९६ हजार ३०० सय घुससहित घरेलु कार्यालय बाँकेका अधिकृत अख्तियार नियन्त्रणमा

हुकुमबहादुर ओली । फोटो : कान्तिपुर टेलिभिजन

नेपालगन्ज : अख्तियार दुरुपयोग अनुुसन्धान आयोगको टोलीले घरेलु तथा साना उद्योग कार्यालय बाँकेका अधिकृत हुकुमबहादुर ओलीलाई घुसहित रंगेहात पक्राउ गरेको छ ।
आयोगको सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेश गैरेले दिएको जानकारी अनुसार ठेक्कापट्टाको लाइसेन्स बनाइदिने नाममा सेवाग्राहीबाट ९६ हजार तीन सय नगदसहित लिँदै गरेको अवस्थामा ओलीलाई रंगेहात पक्राउ गरिएको हो । अख्तियारले थप अनुसन्धान गरिरहेको छ । ओली घरेलु तथा साना उद्योग कार्यालय बाँकेका उनी सातौं तहका अधिकृत र सूचना अधिकारी हुन् ।