क्वारेन्टाइनका ३०० जनालाई स्वास्थ्य तथा सरसफाइ सामग्री वितरण

मानबहादुर ठकुल्ला । टीकापुर
सामाजिक विकासका लागि सचेत समाज क‌ैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकाको क्वारेन्टाइनमा रहेका तीन सय जनालाई स्वास्थ्य तथा सरसफाइ सामग्री वितरण गरेको छ ।
टीकापुर ७ को कर्णाली मावि सत्तीमा क्वारेन्टाइनमा रहेका ५२ जना र वडा नं ६ को राष्ट्रिय मावि बेलुवा क्वारेन्टाइनका ४८ जना, जानकी गाउपालिका १ को सरस्वती माविको क्वारेन्टाइनमा रहेका एक ८० जनालाई लाई स्वास्थ्य सामग्री वितरण गरिएको संस्थाका अध्यक्ष बलबहादुर शलाधरले बताए । क्वारेन्टाइनमा रहेका व्यक्तिलाई मास्क १५, सुतीको तौलिया, नुहाउने र लुगा धुने साबुन, मञ्जन, ब्रस, टर्च लाईट उपलब्ध गराएको संस्थाका उपाध्यक्ष मीना ओझाले जानकारी दिइन ।