बाँकेमा ९६ प्रतिशत संक्रमितले कोरोना जिते

File photo

नेपालगन्ज : बाँके जिल्लामा ९६ प्रतिशत संक्रमितले कोरोना जितेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार जिल्लाका तीन सय ७५ जना कोरोना संक्रमित रहेकोमा बुधबारसम्म तीन सय ६१ जना निको भएर घर फर्केका छन् । कूल संक्रमितमध्ये निको हुने ९६.२६ प्रतिशत हुन आउँछ । बाँकेका विभिन्न आइसोलेसनमा अब १२ जना मात्र संक्रमित छन् । नरैनापुर गाउँपालिका ५ का २५ वर्र्षका युवा र बैजनाथ गाउँपालिका ६ की ४६ वर्षकी महिला गरी बाँकेमा कोरोनाबाट २ जनाको मृत्यु भएको छ ।