सत्ती भन्सार लक्ष्य अनुसार राजश्व संकलन गर्न असफल

मानबहादुर ठकुल्ला : कैलालीको टीकापुर नगरपालिका–९, खक्रौलास्थित सत्ती भन्सार कार्यालयले आर्थिक बर्ष २०७६÷०७७ लक्ष्य अनुरुप राजश्व संकलन गर्न असफल भएको छ । कार्यालयको बार्षिक लक्ष्य ७ करोड २९ लाख भएपनी असार मसान्त सम्ममा ५ करोड ६१ लाख ३ हजार ९ सय ५३ रुपैया राजश्व संकलन भएको हो । यो राजश्व लक्ष्य भन्दा १ करोड ६७ लाख ९६ हजार रुपैयाले कम भएको सत्ती भन्सार कार्यालये जनाएको छ । यो राजश्व अघिल्लो आर्थिक बर्ष २०७५÷०७६ को ९ महिनाको अबधिको तुलनामा कम भएको कार्यालयको भनाई छ । सो अवधिमा ५ करोड ६९ लाख ११ हजार राजश्व संकलन गर्न सफल भएपनि यसबर्ष कोरोना भाइरसका कारण गरिएको लकडाउनले राजश्व संकलन कम भएको भन्सार प्रमुख रामराजा प्रसाद चौरसियाले बताए ।
कार्यालयले सबैभन्दा कम राजश्व चैत्र महिनामा १३ लाख ५ हजार ७ सय ९० र सबै भन्दा बढि अषाढमा १ करोड २९ लाख राजश्व संकलन गरेको सती भन्सार कार्यालयका सुब्बा धर्म बिकले बताए । उनका अनुसार श्रावण महिनामा ६९ लाख १५ हजार १ सय ९२ रुपैया राजश्व संकलन भएको छ भने भदौमा ५७ लाख ७० हजार ६ सय ६९, असोजमा ४९ लाख ५४ हजार ४ सय ४९ कार्तिकमा ४३ लाख २१ हजार ५ सय ६४, मंसिरमा ४७ लाख ९८ हजार २ सय ३७, पुसमा ३८ लाख ७४ हजार २ सय ६८, माघमा ३७ लाख ७४ हजार ३ सय ७१ र फाल्गुनमा २९ लाख ९७ हजार ९ सय ८६ राजश्व संकलन भएको छ । त्यस्तै बैशाखमा ३० लाख ६७ हजार ६ सय ३० र जेष्ठमा ४१ लाख २३ हजार ७ सय ९८ रुपैया राजश्व संकलन गरेको हो ।

उक्त भन्सार कार्यालयमा क्वारेन्टाइन चेकपोस्ट नभएकाले अवैध आयात हुने गरेको छ । क्वारेन्टाइन नभएकै कारण खक्रौला नाकाबाट पशुपंक्षी आयातनिर्यात हुन नसकेको व्यवसायीहरू बताउँछन । पशुपंक्षी तथा बोटबिरुवा आयातनिर्यात गर्नुपरे धनगढी जानुपर्ने अवस्था रहेको उनीहरुको गुनासो छ ।