बाँकेमा पनि सलहको मूल्य किलोको २० रुपैयाँ

फायल फोटो

नेपालगन्ज : बाँकेको डुडुवा गाउँपालिकाले एक किलो सलहको मूल्य २० रुपैयाँ तोकेको छ । भारतको श्रावस्ती जिल्लाबाट नरैनापुरहुँदै बुधबार डुडुवा–१ कुँडुवा गाउँमा आएको सलह नियन्त्रण गर्न गाउँपालिकाले सलह संकलन गरेर ल्याउनेलाई प्रतिकिलो २० रुपैयाँ दिने प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले बताउँछन् । बुधबार रातिदेखि बिहीबार साढे ६ बजेतिर लाखौंको संख्या सलह देखा परेको डुडुवा १ खडैचाका निर्मलकुमार वर्माले बताए । सलह आएपछि भर्खरै किसानले रोपेको धान तथा अन्य तरकारी बाली नष्ट हुने डरले चिन्तित बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *