नेपालमा कोरोनाबाट कूल मृतक संख्या ४० पुग्यो

नेपालगन्ज : नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सप्तरी राजविराज नगरपालिका–१ घर भएका ७३ वर्षीय वृद्धको मृत्यु भएपछि नेपालमा मृतक संख्या ४० पुगेको हो ।
प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मधुमेह, उच्च रक्तचाप र मुटु रोगको उपचारका लागि भर्ना भएका वृद्धको अस्पतालको आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा बिहीबार मृत्यु भएको खबर शुक्रबारको अनलाइनखबर डटकमले प्रकाशित गरेको छ । बुधबार स्वाब संकलन गरेर सोही दिन कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।