४ किलो अफिमसहित एक पक्राउ

कोहलपुर : चार किलो एक सय ७५ ग्राम अफिमसहित बाँके प्रहरीले एक जनालाई शुक्रबार पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जको संयुक्त टोलीले कोहलपुर गोलपार्कस्थित एलबी गेष्ट हाउसबाट बर्ष ४२ को भबिलाल पुन मगरलाई पक्राउ गरेको हो । उनी जाजरकोट नगरपालिका-१ घर भइ हाल बाँके कोहलपुर नगरपालिका-२ आनन्दनगर बस्थे । जिल्ला प्रहरी कार्यालय बाँकेले घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *