एकैदिन पाकिस्तानमा १ हजार संक्रमित, ४० मृत्यु

नेपालगन्ज : पाकिस्तानमा २४ घण्टामा एक हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।
विश्वको कोेरोना रेकर्ड अपडेट गर्ने अनलाइन वल्र्डोमिटर्स् डट इन्फोको मंगलबार बिहान ११ बजेसम्म २४ घण्टाको अवधिमा एक हजार १३ जना नयाँ संक्रमित र ४० जनाको मृत्यु भएको छ । दक्षिण एशियाका देशमा धेरै कोरोना संक्रमित र मृत्यु हुनेमा भारतपछि पाकिस्तान दोस्रो देश हो । पाकिस्तानमा २ लाख ६६ हजार ९६ संक्रमित र ५ हजार ६ सय ३९ जनाको कोरोनाबाट ज्यान गएको छ । पाकिस्तान विश्वमा कोरोना बढी हुने देशको १२औं नम्बरमा छ । विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ४८ लाख ५८ हजार र मृत्यु ६ लाख १३ हजार पुगेको छ ।