बाँकेमा विप्लवका दुई कार्यकर्ता पक्राउ

नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले विप्लवका दुई कार्यकर्तालाई पक्राउ गरेको छ ।
चन्दा असुली गरिरहेको सूचनाका आधारमा मंगलबार बिहान ११ बजेतिर प्रहरीले नेपालगन्ज उपमहानगरपालिका–२० राँझा चोकबाट पूर्व भेरी कर्णाली न्याय विभाग प्रमुख/सैन्य कमाण्डर ३७ वर्षका चित्रबहादुर विक (कुमार) र वर्ष २४ का सुरेश रावतलताई नियन्त्रणमा लिएको बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले बताए ।