नेपालगन्जमा थप २ जनामा कोरोना

सेवाग्राहीको बढी चाप हुने यातायात र मालपोत कार्यालयका ५७ कर्मचारीको स्वाब संकलन
यातायात व्यवस्था कार्यालय नेपालगन्जमा निजामति कर्मचारीको स्वाब संकलन गरिँदै । फोटो : पूर्ण खत्रीको फेसबुकबाट

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा नेपालगन्ज उपमहानगरपालिकामा थप दुई जनामा कोरोना पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार नेपालगन्ज ११ का अफिसमा काम गर्ने ४० वर्षका पुरुष र नेपालगन्ज १२ का १८ वर्षका छात्रमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुको रेन्डम सेम्पलिङ विधिबाट स्वाब संकलन गरिएको थियो । त्यसैगरी बाँके जिल्लामा सेवाग्राहीको उच्च चाप हुने यातायात व्यवस्था कार्यालय र मालपोत कार्यालयका कर्मचारीको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । शुक्रबार बिहान ५७ जना कर्मचारीको स्वाब संकलन गरिएको हो ।