यातायात कार्यालय अर्को सूचना जारी नभएसम्म र आन्तरिक राजस्व थप एक दिन बन्द

नेपालगन्ज : कर्मचारीलाई कोरोना संक्रमण भएपछि आइतबार बन्द गरिएका नेपालगन्जका यातायात व्यवस्था कार्यालय र आन्तरिक राजस्व कार्यालय सोमबार पनि बन्द भएका छन् ।
यातायात व्यवस्था कार्यालयले सोमबार सूचना प्रकाशित गरी अर्को सूचना प्रकाशित नहुँदासम्म कार्यालय बन्द रहने जनाएको छ । आन्तरिक राजस्वले भने सोमबार पनि कार्यालय बन्द रहने सूचना प्रकाशित गरेको छ । शनिबार आन्तरिक राजस्व कार्यालयका शाखा अधिकृतलाई र आइतबार यातायात कार्यालयका कम्प्युटर अपरेटरलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।