आन्तरिक राजस्व कार्यालयका सुब्बालाई पनि कोरोना, अझैं ५३ जनाको रिपोर्ट आउन बाँकी

नेपालगन्ज : आन्तरिक राजस्व कार्यालय नेपालगन्जका नायब सुब्बालाई पनि कोरोना संक्रमण भएको छ ।
शनिबार शाखा अधिकृतलाई कोरोना संक्रमण भएपछि आइतबार कार्यालय परिसरमा ५४ जनाको स्वाब संकलन गरिएको थियो । भेरी अस्पतालको कोरोना प्रयोगशालामा परीक्षण गर्दा प्युठानको मल्लरानी–३ घर भएका कर्मचारीको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए । उनले भने, ‘अरु धेरै स्वाबका नमूनामा आन्तरिक राजस्वका एक जनाको मात्र परीक्षण गरिएको थियो । त्यही नमूना नै पोजेटिभ आएको छ ।’ आन्तरिक राजस्व कार्यालय परिसरबाट संकलन गरिएका अन्य ५३ वटा स्वाबको रिपोर्ट आउन बाँकी नै छ । आन्तरिक राजस्व कार्यालय नेपालगन्जका प्रमुख प्रकाश पौडेलले स्वाब संकलन गरिएका सबै कर्मचारीहरु होम क्वारेन्टाइनमै बसेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *