गोहीको आक्रमणबाट ४ जना घाइते

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर नगरपालिका-७ सुन्दरपुरमा गोहीको आक्रमणबाट ४ जना घाइते भएका छन् ।
गैरीनालामा माछा मार्ने क्रममा भुखाली देवी चौधरी, जमकल चौधरी, दुहाना चौधरी र नथ्थु चौधरीलाई गोहीले आक्रमण गरेको स्थानीय रामस्वरुप चौधरीले जानकारी दिए । घाइतेमध्ये ३ जना स्थानीय मेडिकलमा उपचार गरेर घर फर्केका छन भने भुखाली देवी चौधरीलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पठाइएको स्थानीय छेदालाल चौधरीले बताए ।