क्वारेन्टाइनमा आत्महत्या गरेका युवामा कोरोना, राति नै बबई घाटमा शव व्यवस्थापन

File Photo

नेपालगन्ज :  बर्दियाको ठाकुरबाबा नगरपालिकाको क्वारेन्टाइनमा आत्महत्या गरेका अछामका रामबहादुर साउँदको कोरोना रिपार्ट पोजेटिभ आएको छ ।
ठाकुरबाबा नगर प्रमुख घननारायण श्रेष्ठका अनुसार सोमबार साँझ ६ बजेतिर कोरोना रिपोर्ट पोजेटिभ आएका ती युवाको शवलाई नेपाली सेनाको टोलीले राति १० बजेतिर बबई नदीको किनारमा व्यवस्थापन गरेको थियो । भारतको गुराजतबाट आएर आफन्तको ठाकुरबाबा ४ सैनवारको घरमा बसेका युवालाई ४ दिन अघि क्वारेन्टाइनमा राखिएको थियो । उनले क्वारेन्टाइन पछाडिको रूखमा आफूले बिच्छाएको तन्नाको पासो लगाएर आत्महत्या गरेका थिए ।