भजनीमा बाढीले बगाएर ४ बेपत्ता (फोटो फिचर)

शब्द : मानबहादुर ठकुल्ला । टीकापुर
फोटो सौजन्य : शसस्त्र प्रहरी बल
कैलालीमा बाढीले बगाएर चार जना बेपत्ता भएका छन् ।
भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीका अनुसार मंगलबारदेखिको अविरल परेको वर्षापछि आएको बाढीले भजनी ८ का चार जना बेपत्ता भएका हुन् । भजनी ८ जनकपुरका ९ वर्षीय स्केल चौधरी, सोनाफाँटाका युवक चक्र विक, खैराका नाम नखुलेका एक युवक र एकजना मोटरसाइकल सहित बगेर बेपत्ता भएको नगर प्रमुख चौधरीले बताए ।

बाढीमा बगेका एक जनाको स्थानीयले उद्दार गरेका थिए । नगर प्रमुख चौधरीले भने, ‘‘‘उद्दार कार्य जारी रहेकाले मानवीय र धनजनको क्षतिको विवरण अहिले भन्न सकिन्न ।’’बेपत्ता भएकाको खोजी कार्य भइरहेको छ । भजनी नगरपालिकामा मात्रै २ हजार घर डुबानमा परेका छन् । बाढीबाट प्रभावितलाई हुलाकी राजमार्गसहित अग्लो स्थानतिर सार्ने कार्य भइरहेको छ । हुलाकी राजमार्गमा ३ फिटभन्दा माथि पानी बगिररहेकोे छ ।

जिल्लामा कर्णाली नदी, पथरैया, काडा कान्द्रामा आएको बाढीले टीकापुर नगरपालिका, भजनीलगायतका स्थान डुबानमा परेका छन् । टीकापुर नगर क्षेत्रको अधिकांश भू–भाग जलमग्न भएको छ ।
त्यसैगरी टीकापुर नगरपालिकाको १ देखि ९ वटै पुरै वडा डुबान परेका छन् । टीकापुर ६, ७ र ९ उच्च जोखिममा रहेकोले त्यहाँका ५०० बढी घरधुरीलाई उच्च स्थानमा सारिएको छ । वडा नं. १ र २ का एकतानगर, गणेशपुर र विजयनगर शिविरमा ५० बढी कच्ची घरहरु भत्किएका छन् । टीकापुरमा ३ हजार ५०० घर बाढीको जोखिममा रहेका नगरपालिकाका विपद् व्यवस्थापन शाखाका प्रमुख निर्मला चौधरीले जानकारी दिइन् ।

जानकी गाउँपालिकाका सबै वडा डुवानमा परेका छन् । जानकी गाउँपालिकाको वडा नंं. १, ४, ७ वडा बढी डुवानमा परेका छन् । जानकी गाउँपालिका वडा ७ को फरेला, जवलपुर, शंकरपुर, मनपरीपुर ओखरपुर, लट्कन्या, झाला गरी ७ टोल डुवानमा परेको छ । डुवानमा परेकालाई जनप्रतिनिधि र सशस्त्र प्रहरीको सक्रियतामा उद्धार गरी सामुदायिक भवनमा व्यवस्थापन गरिएको वडाध्यक्ष लक्ष्मण चौधरी बताए ।

वडा नं ४ को मुनुवा, बेलपुर र मुनुवा भाडा टोल डुवानमा परेको छ । डुवानमा परेको ठाउँमा कतिपय घर समेत भत्केका छन् । बाढीको कारण समस्यामा रहेका नागरिकका लागि कवारेन्टिमा बचेको चामल खानका लागि उपलब्ध गराएको वडाध्यक्ष गगनसिहं चौधरीले जानकारी दिनुभयो ।


१ नं वडाको तेैरैयापुर, दुर्गौली र धर्मापुर लगायतको टोल बढी डुवानमा छन् । डुवानमा परेकाको ईलाका प्रहरी कार्यालय टीकापुर, सशस्त्र प्रहरीको टोली र जनप्रतिनिधिको सक्रियतामा उद्धार गरी उच्च ठाउमा राख्ने तयारी भईरहेको वडाध्यक्ष धनिराम चौधरीले बताए ।
त्यस्तै, वडा नं २ को उत्तर बढरीया, दक्षिण बढरीया, परेडा, खैरेनी, खर्गौली कटरीया लगायतका ठाउँमा डुवान भएको छ । बाढीले २ घर पूर्णरुपमा नष्ट भएको वडाध्यक्ष रामकृष्ण थारुले बताउँछन् । त्यस्तै, वडा नं. ८ को पालबजार, खैरीपुर टाङ्गटुट्ली र राजी खल्ला लगायतका बस्ती डुवानमा परेका वडा अध्यक्ष डम्मरबहादुर थारुले बताए ।

वडा नं ९ को कटासे, अमरावति र धनवाफाटा लगायतको टोल डुवानमा परेकोले समस्या भएको ७ घर परिवारलाई जनता माविमा राखिएको वडाध्यक्ष खकेन्द्र भण्डारीले जानकारी दिए ।


त्यसैगरी, गाउँपालिका वडा ५ को गुजेरुवा, अमौरा वडा ६ को धर्मापुर कटान, सुवर्णपुर, वडा नं ३ को लायकपुर शिविर, लायकपुरलगायतको गाउँ डुवानमा परेका छन् । जोशीपुरका सबै वडा डुवानमा परेका छन् । जोशीपुरमा पनि सयौं परिवार प्रभावित भएको जोशीपुर १ का वडाध्यक्ष विधिराम चौधरीले जानकारी दिए ।


टीकाुर नगरपालिका का ब्लक न ९ ,१३ र १४ जलमग्न भएको छ तेसैगरी वडा न ६ को भगवानपुर ,भर्थापुर , प्रसेनी ,सिबिर ,वडा न ७ को बैधी,प्रतिपुर ,ढुङगाना टोल ,कुन्तिपुर साइपुर लगाएतका क्षेत्रमा बाढि पसेको छ।

त्यसैगरि टीकापुर नगरपालिका को वडा न ७ कालाकुन्डा स्थित ससत्र प्रहरी को बोडर आउट पोस्ट मा बाढी पसेपछि सुरक्षित स्थानमा सारिएको सशस्त्र प्रहरी निरीक्षक चन्द्रदेव भट्टले बताए । बाढी पीडितलाई शसस्त्र प्रहरी बल नम्बर ३४ गणको टोलि, नेपाल प्रहरी, स्थानीयहरुले उद्दार गरिरहेका छन् ।