सिडियो कुरुम्वाङदेखि जिल्ला सुरक्षा प्रमुख मास्क सचेतना -यालीमा (फोटो फिचर)

मेरो खुसी फोटो पत्रकार
नेपालगन्ज : बुधबार साँझ नेपालगन्जमा फरक किसिमको -याली निस्क्यो । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ, नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापा मगर, बाँकेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान सबै सुरक्षा निकायका प्रमुख, सामाजिक अभियन्ता, पत्रकार, नागरिक समाजका अगुवा सबैले हातहातमा प्ले कार्ड बोके र मास्क बाँँड्दै हिँडें । नेपालगन्जको धम्बोझी चोकबाट सुरु भएको -याली वीपी चोक, त्रिभुवन चोक, सदरलाइन, त्रिवेणी मोड,न्यूरोडसम्म नगर परिक्रमा गरेको थियो ।