बाढीमा बगेर बेपत्ता चौधरीको शव फेला
टीकापुर : बाढीमा बगेर बेपत्ता भएका भजनी नगरपालिका–८ जनकपुरका ९ वर्षका स्केल चौधरीको शव बिहीबार भेटिएको छ ।
उनको शव गाउँभन्दा डेढ किलोमिटर तल झाडीमा अड्किएको अवस्थामा भेटिएको स्थानीय जयराज ढुङ्गानाले जानकारी दिएका छन । नेपाली सेनाको टोलीले शव फेला पारेको हो । उनी बुधबार बिहान घर नजिकैबाट बाढीमा बगेर बेपत्ता भएका थिए । भजनी नगरपालिका वडा नं. ८ सुनाहाफाँटाबाट बाढीमा बगेर बेपत्ता अन्य दुई जनाको अवस्था भने अझै अज्ञात छ । उनीहरुको समेत खोजी कार्य भैरहेको छ । प्रहरीका अनुसार उनीहरु दुबै जना सँगै हुलाकी मार्ग नजिकै बाढी तर्ने क्रममा बेपत्ता भएका हुन । उनीहरुसँगै बाढीमा बगेका अन्य दुई जनाको भने प्रहरी र स्थानीयले उद्दार गरेका थिए ।