त्रिभुवन चोकका मिठाइ पसलेको सम्पर्कमा रहेका १३ जनामा कोरोना

नेपालगन्ज : नेपालगन्जको त्रिभुवन चोकका संक्रमित मिठाइ पसलेको सम्पर्कमा रहेका व्यक्तिको कोरोना परीक्षण गर्दा परिवारका सदस्य र कामदार गरी १३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार शनिबार कोरोना पुष्टि भएका मिठाइ पसलेको सम्पर्कमा रहेका ७ जना परिवारका सदस्य र ६ जना कामदारलाई कोरोना संक्रमण भएको हो ।     (पाठकको सुझावलाई स्वागत गर्दै समाचार सच्चाइएको छ-सम्पादक)