पर्सामा एकैदिन कोरोनाबाट ४ को मृत्यु पुष्टि

नेपालगन्ज : पर्सा जिल्लामा कोरोनाबाट एकैदिन चार जनाको मृत्यु पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले शुक्रबारको प्रेस ब्रिफिङमा पर्साको वीरगन्ज महानगरपालिका-११ श्रीपुर बस्ने ५६ वर्षीय पुरुष, वीरगन्ज-१६ कै ३५ वर्षीय पुरुष, वीरगन्ज-२ कै ६५ वर्षीय पुरुष र वीरगन्ज-११ स्थायी घर भएर ललितपुर थसिखेल बस्ने ६५ वर्षीया महिलाको निधन भएको मृत्यु पुष्टि गरेका हुन् । नेपालमा कोरोनाबाट मृत्यु हुने कूल संख्या ५६ पुगेको छ ।नेपालमा शुक्रबार दुई २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर कुल संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ ।