४ ग्राम ब्राउन सुगरसहित लोनिया पक्राउ

नेपालगन्ज : चार ग्राम लागू औषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगन्जबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो २ बजे नेपालगन्ज उपमहानगरपालिका १३ गौरीपुरुवाका वर्ष २८ का छोटु लोनियालाई प्लाष्ट्रिकको ४ वटा पुडिया बनाइ राखेको ४ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो ।