जनमतको ४६ औं रक्तदान श्रृङ्खला : ४२ जनाले गरे रक्तदान

नेपालगन्ज : जनमत अद्र्धसाप्ताहिकको त्रैमासिक रक्तदान कार्यक्रमको ४६ औं श्रृङ्खलामा ७ महिला सहित ४२ जनाले रक्तदान गरेका छन् ।
जय बागेश्वरी सिमन्ट उद्योग प्रा. लि., गनापुर बाँकेको सहकार्यमा शनिबार नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा रक्तदान गर्नेमा पत्रकार, व्यवसायी, शिक्षक, कर्मचारीलगायत छन् । कार्यक्रममा जनमत सम्पादक पूर्णलाल चुके र नेपाल रेडक्रस सोसाइटी बाँकेका क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले प्राविधिकलाई रगत संकलन गर्ने प्याकेट हस्तान्तरण गरेर रक्तदान कार्याक्रमको शुभारम्भ गरेका थिए ।

कोरोेना भाइरसका कारण रगतको अभाव भइरहेको बेला रगतको अभावमा छट्पटाईरहेका गरीब, असहाय र दूरदराजबाट आउने बिरामीहरुलाई लक्षित गरेर रक्तदान कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक पवन जायसवालले बताए ।
जय बागेश्वरी सिमेन्ट उद्योग प्रा. लि., गनापुर नेपालगन्ज बाँकेका महाप्रबन्धक सुमन पत्रकार झलक गैरे, जनमत सम्पादक चुकेलगायतले रक्तदाताहरुलाई उपहार प्रदान गरेका थिए ।

कार्यक्रममा रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीको नेतृत्वमा राजेन्द्रकुमार महतरा, सन्दिप आचार्य, निमप्रकाश प्रकाश खत्री, महेश राना क्षेत्री, वीरेन्द्र योगी, केशरसिंह डाँगी लगायतले प्राविधिकमा र आकाश जायसवालले सहयोग गरेका थिए ।
नेपालगन्जबाट विगत ३९ वर्षदेखि प्रकाशित हुँदै आएको जनमत अद्र्धसाप्ताहिक पत्रिकाले जनमतले आफ्नो रजत वार्षिकोत्सव २९ वैशाख २०६३ देखि हरेक तीन तीन महिनामा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ । अहिलेसम्म करिब तीन हजारको संख्यामा स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गरिसकेको सम्पादक पूर्णलाल चुकेले बताए