रुकुम दलित हत्याकाण्डबारे कक्षा ९ का छात्र साक्षातले गाए गीत

साक्षात पन्त

काठमाडौंं : जाजरकोटका दलित युवा नवराज विकलगायत उनका साथीहरु मारिएको घटनामा आधारित जातीय विभेदविरुद्ध कक्षा ९ का छात्र १४ वर्षीय साक्षात पन्तले -याप गीत गाएका छन् ।
ललितपुरस्थित ज्ञानोदय बालबाटिकामा कक्षा ९ मा अध्धयनरत छात्र पन्तको रचना रहेको गीतको म्युजिक भिडियो शनिबार आफनै यूट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन्। जाजरकोटका नवराज विक र उनका साथीहरुलाई गैरदलितले मारेको घटनालाई लिएर आफूलाई भित्रैबाट छोएको र यो अधिकारको विषय हो भन्ने लागेर गीत लेखेको बताए । उनले भने, मलाई नवराज र उनका साथीहरुलाई मारेको कुराले एकदमै नरमाइलो लाग्यो । सबै जना बराबर हौं तर किन यस्तो हुन्छ भन्ने मनमा आयो र त्यही कुरालाई शब्दमा उतारेको हुँ । गीत नै बन्ला भनेर पनि मैले लेखेको हैन् । यो मेरो मनको भाव मात्र हो। उनले थपे ।
गत जेठमा रुकुम पश्चिमका तथाकथित उच्च जातीका मानिसहरुद्वारा मारिएका जाजरकोटका युवा नवराज विकबाट प्रेरित पन्तको म्युजिक भिडियो आफनो अधिकार पुन प्राप्तिका लागि प्रयासरत युवाको परिचय बाट शुरु हुन्छ ।
म्युजिक भिडियोमा जातीय भेदभावको समाप्ती र दलितहरूका लागि समानताको हकको माग गरिएको छ, जातीय विभेदको विषयमा गीतमार्फत अभिव्यक्ति दिन पाउँदा म खुसी छु। म चाहन्न कि नवराज जस्तै अरू दलित युवाहरुले ज्यान गुमाउन परोस । अब म हाम्रो समाजमा रहेका विभिन्न प्रकारका सामाजिक कुरीति र हिँसाविरुद्ध आवाज उठाउँदै यो कदम अगाड बढाउनेछु,” साक्षात् भन्छन्।
कोरस गायिका रुपमा उनलाई साथ दिएकी छिन् अदिती अधिकारीले । अमन प्रधानले गीतको कोरस कम्पोज गरेका हुन् भने संगीत संयोजन र म्युजिक भिडियाको निर्देशन राहुल प्रधानले गरेका हुन्। साक्षात पन्त पत्रकारद्वय कल्पना आचार्य र लक्ष्मण दत्त पन्तका छोरा हुन्।