जन्मदिनमा इन्स्योरेन्सकर्मी गंगाद्वारा नीलसागर आश्रमलाई सहयोग
नेपालगन्ज : इन्स्योरेन्सकर्मी गंगा शर्मा पराजुलीले जन्मदिनको अवसरमा नीलसागर आश्रमलाई सहयोग गरेकी छन् ।
नेशनल लाइफ इन्स्योरेन्सको एजेन्सीको नेपालगन्ज कार्यालय प्रमुख पराजुलीले आइतबार जन्मदिनको अवसरमा नेपालगन्जको नीलसागर असहाय अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्रलाई १० हजार रुपैयाँको चेक हस्तान्तरण गरेकी हुन् । ‘जन्मदिनमा घरमा फजुल खर्च नगरेर आफूले दिन सक्ने सहयोग अशक्त असहायलाई गरेकी हुँ’, उनले भनिन्, ‘अभिभावकविहीन भएकाहरुलाई नीलसागरले निस्वार्थ रुपमा सेवा गरेको छ । हामीले पनि सक्दो सहयोग गर्दा आश्रम सन्चालनमा मद्दत पुग्छ ।’ यस अघि ७४ वर्षका बुवा लोकन्द्र शर्माको जन्मदिनको अवसरमा उनले खाद्यान्न र फलफूल सहयोग गरेकी थिइन् ।
२०६३ सालदेखि इन्स्योरेन्सको क्षेत्रमा क्रियाशील पराजुली बाँके र बर्दिया जिल्लामा दुई हजार पाँच सय जनाको जीवन विमा गराउन सफल भएकी छन् ।