२ चिकित्सक, अदालतका शाखा अधिकृतसहित भेरीको परीक्षणमा १२ जनामा कोरोना
नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा पहिलो पटक २ जना चिकित्सकसहित १२ जनामा कोरोना पुष्टि भएको छ ।
भेरी अस्पताल प्रशासनले दिइको जानकारी अनुसार श्री मिलिटरी अस्पताल राँझाका एक जना चिकित्सकसहित ३ जनामा कोरोना पुष्टि भएको हो । अर्का चिकित्सक भने टीकापुर १ कैलालीको भएको अस्पतालले जनाएको छ ।
जिल्ला अदालत बाँकेमा एक जना शाखा अधिकृत, कार्यालय सहयोगीसहित ३ तीनमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पताल परिसरबाट संकलन गरिएका स्वाबमध्ये ५ जनामा कोरोना देखिएको हो । दुई जना भने अदालत बाहिरका व्यक्ति हुन् ।