बाढीले कैलालीमा हुलाकी राजमार्ग अवरुद्ध

कैलालीको भजनी नगरपालिका ८ जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध । फोटो : मानबहादुर ठकुल्ला

मानबहादुर ठकुल्ला । भजनी
गतसाताको अविरल वर्षापछि आएको भीषण बाढीले हुलाकी राजमार्ग अवरुद्ध भएको छ ।
बाढीले हुलाकी राजमार्ग कटान गरि राजमार्गमै नदी बगेकाले पूर्ण रुपमा अवरुद्ध भएको हो । बाढीले भजनी नगरपालिकाको विभिन्न स्थानसँग जोडिएको हुलाकी सडक डुबानमा गरी कटान गरेको छ । टीकापुरलगायतका क्षेत्रबाट सयौं मानिसहरु हुलाकी राजमार्गहुँदै धनगढीलगायतका क्षेत्रमा आवत जावत गर्थे। टीकापुरबाट हुलाकी सडकहुँदै धनगढी जान छोटो पर्ने भए पनि सडक अवरुद्ध हुदा महेन्द्र राजमार्ग हुदै धनगढी जानु परेको टीकापुर ७ का रमेश चौधरीले बताए । हुलाकी सडक अवरुद्ध भएपछि यात्रीहरु महेन्द्र राजमार्गहुँदै लामो यात्राबाट धनगढी जान बाध्य भएका छन् ।

हुलाकी राजमार्गको कटान गरेको स्थानमा अझैं पनि पानीको बहाव कम भएको छैन । तत्काल हुलाकी राजमार्ग सुचारु गर्न स्थानीय सरकारले नसक्ने र हुलाकी सडक ३/४ स्थानमा कटान भई अवरुद्ध भएकोले ठूलो मात्रामा खर्च लाग्ने सोका लागि आवश्यक माटो गिट्टी उपलब्ध गर्न नसकिने वडा ८ का अध्यक्ष पंकज चौधरी बताउँछन् ।