बाँकेमा ४ दिन निषेधाज्ञा थपेर २४ साउनसम्म जारी रहने

नेपालगन्ज : बाँके जिल्लामा ४ दिन निषेधाज्ञा थपिएको छ ।
समुदाय स्तरमा कोरोना संक्रमण बढेको भन्दै जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले २४ साउनसम्म निधेषाज्ञा थप गर्ने निर्णय गरेको केन्द्रका संयोजक बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए । बाँकेमा गत आइतबारदेखि तीन दिनसम्म निषेधाज्ञा रहेको छ ।