शुक्रबार बाँकेमा थप ४९ जनामा कोरोना

नेपालगन्ज : बाँके जिल्लामा शुक्रबार थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालगन्जको भेरी अस्पतालले फेसबुक पेजमा दिएको जानकारी अनुसार२४ घण्टामा परीक्षण गरिएका ३ सय १२ नमूमाबाट बाँकेका ४९, बर्दियाको एक, रुकुमको एक गरी ५१ जनाको रिपोर्ट पोजेटिभ आएको जनाएको छ । हरेक दिनको रिपोर्टमा संक्रमितको उमेर, लिङ र ठेगानासहितको रिपोर्ट सार्वजनिक गर्ने भेरी अस्पतालले पहिलो पटक एकमुष्ट संख्या मात्र उल्लेख गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले अघिल्लो दिनकै सबै संक्रमितलाई आइसोलेसनमा राख्न नसकेकाले नयाँ संक्रमितको एकमुष्ट संख्या मात्र उल्लेख गरेको बताए ।