नेपालको कोरोना मृत्युको २९ प्रतिशत पर्साका

नेपालगन्ज : कोरोना भाइरस (कोभिड १९) बाट प्रदेश २ को पर्सा जिल्लाका मात्र २९ प्रतिशत संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबार बिहानसम्मको रेकर्ड अनुसार देशभर ६५ जनाको कोरोनाबाट ज्यान गएको छ । देशभर ५२ पुरुष र १३ महिला गरी ६५ जनाको कोरोनाबाट मृत्यु भएको छ । ८० प्रतिशत पुरुष संक्रमित र २० प्रतिशत महिला संक्रमितको ज्यान गएको छ । जसमा प्रदेश २ का मात्र २५ जनाको मृत्यु भएको छ । जुन देशका अन्य ६ प्रदेशमा भएका मृत्युभन्दा दोब्बरभन्दा बढी हो । पर्सा जिल्लामा मात्र १९ जनाको ज्यान गएको छ । साउन महिनामा मात्र पर्सामा १५ जनाको ज्यान गएको छ । देशको कूल मृत्युको २३ प्रतिशत पर्साको मात्र हो । बागमति र प्रदेश ५ मा १० जना, सुदूरपश्चिम प्रदेशमा ७, कर्णाली प्रदेशमा ५ र गण्डकी प्रदेशमा ४ जनाको कोरोनाबाट मृत्यु भएको छ ।