पूर्वमन्त्री राईद्वारा बाँकेका सुरक्षा निकायलाई मास्क र थर्मल गन सहयोग

नेपालगन्ज : पूर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का सांसद मोहम्मद इस्तियाक राईले बाँकेका सुरक्षा निकायलाई मास्क र थर्मल गन सहयोग गरेका छन् ।
मन्त्री राईले सहयोग गरेका मास्क एन ९५ मास्क र थर्मल गन पूर्वसमाजवादी पार्टी बाँकेका अध्यक्ष कमरुद्दीन राईले बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी सुभास खड्का, शसस्त्र प्रहरी बाँकेका प्रमुख एसपी अशोक बम र अनुसन्धान विभागका बाँके प्रमुख कमल भट्टराईलाई शुक्रबार छुट्टाछुट्टै हस्तान्तरण गरेका थिए ।
स्वास्थ्य सामाग्री बुझ्दै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले समुदायमा संक्रमण फैलिएकोले यस्ता सहयोगले सुरक्षा निकायमा काम गर्नेहरुलाई कोरोनाबाट जोगाउन मद्दत मिल्ने बताएका थिए । यसअघि पनि पूर्वमन्त्री राईले जिल्लाका सुरक्षा निकाय तथा अस्पतालहरुलाई मास्क, सेनटाइज गर्ने मेसिन र पीपीई सहयोग गरेका थिए ।