पुस्तकालयद्वारा बाढीबाट मृतकका परिवारलाई सहयोग

भजनी : कैलालीको भजनीस्थित जनता सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले बाढीबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई सहयोग गरेको छ ।
गत साता आएको बाढीमा ज्यान गुमाएका परिवारलाई रिड नेपालको सहयोगमा पुस्तकालयले भजनी ८ काढाँढिकका बाढीमा ज्यान गुमाएका ईश्वर शाहीका बुवा कटक शाही, चक्र बिककी आमा गोमा बिक र जनकपुरका एजिकल चौधरीको बाजे ठग्गु चौधरीलाई जनही पाँच हजार रुपैयाँ सहयोग गरेको हो । भजनी नगरपालिका ८ का वडा सदस्य कृष्णलाल धमाला र पुस्तकालयका अध्यक्ष नवराज मिश्रले सयुक्त रुपमा पीडित परिवारलाई नगद हस्तान्तरण गरेका हुन् ।