कोहलपुरकी ७० वर्षे महिलाको कोरोनाबाट मृत्यु

नेपालगन्ज : बाँकेमा कोरोनाबाट तेस्रो व्यक्तिको निधन भएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका संयोजक बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांगका अनुसार आइतबार दिउँसो नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा निधन भएको हो । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका सहायक निर्देशक डा. नितेशकुमार कनोडियाले २३ साउनमा अस्पतालमा भर्ना भएकी कोहलपुर नगरपालिका २ की ती महिलाको दिउँसो ३ः१०मा निधन भएको पुष्टि गरे ।
बाँकेमा कोरोनाबाट यसअघि नरैनापुर गाउँपालिका ५ का २५ वर्षका युवा र बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भइसकेको छ । दुबै जना महिलाको मृत्यु शिक्षण अस्पताल कोहलपुरमा भएको हो ।