आन्तरिकका सुब्बासहित बाँकेमा ३ ले कोरोना जिते

नेपालगन्ज : बाँकेमा सोमबार थप ३ जनालाई कोरोना जितेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार नेपालगन्जको आदर्शनगरस्थित आइसोलेसनबाट २ जना र आन्तरिक राजस्व कार्यालयको आइसोलेसनबाट एक जना निको भएका हुन् । आन्तरिक राजस्वको आइसोलेसनबाट डिस्चार्ज हुने २९ वर्षका प्यूठानको मल्लरानी–३ का युवा आन्तरिक राजस्व कार्यालयका नायब सुब्बा हुन् । बाँके जिल्लामा कूल ६ सय १२ जना संक्रमितमध्ये ४०५ जना कोरोना जितेर निको भएका छन् । जिल्लाका विभिन्न आइसोलेसनमा २०९ जनाको उपचार भइरहेको छ । कोरोनाबाट ३ जनाले ज्यान गुमाएका छन् ।