बाँकेमा दुई चिकित्सकसहित थप १५ जनामा कोरोना संक्रमण
नेपालगन्ज : बाँकेमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगन्जले सोमबार मध्यान्न १२ बजे सार्वजनिक गरेको विवरण अनुसार जिल्लामा नेपालगन्ज मेडिकल कलेजका दुर्इ चिकित्सकसहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये वडा प्रहरी कार्यालयका प्रहरीसमेत भएको अस्पतालले जनाएको छ । भेरी अस्पतालको प्रयोगशालामा सोमबार पहिचान भएका कुल २० जना मध्ये चिकित्सक र प्रहरीसमेत १२ जना नेपालगन्जका ३ जना बाँकेको डुडुवा गाउँपालिकाका, २ जना कैलाली, १/१ जना बर्दिया, दाङ र सल्यानका रहेका छन् ।