नेपालगन्ज मेडिकल कलेजमा अछामका पुरुषको कोरोनाबाट मृत्यु

कोहलपुर : अछामका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार गराइरहेका अछाम चौरपाटी ५ का ५० वर्षका पुरुषको आइतबार साँझ ७ः३० बजे मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांगले बताए । भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा उनको सोमबार मात्र कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।