आन्तरिक राजस्व कार्यालयका कर्मचारी र परिवार सदस्यसहित ३० जना डिस्चार्ज

नेपालगन्ज : बाँके जिल्लामा ५ साउनमा एकैदिन कोरोना संक्रमण पुष्टि भएका ३० जनाले बिहीबार आइसोलेसनमा १४ दिन पूरा गरेका छन् । नेपालको मापदण्ड अनुसार कोरोना परीक्षण बिना नै १४ दिन आइसोलेसनमा बसेका व्यक्तिलाई डिस्चार्ज गरिन्छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार आन्तरिक राजस्व कार्यालयका ७ कर्मचारी र ५ परिवारका सदस्यसहित १२ जना, त्रिभुवन चोक क्षेत्रमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका १६ जना, एक एक जना राप्ती सोनारी गाउँपालिकाका  र होल्डिंग सेन्टरबाट संक्रमण भएका सबै व्यक्ति डिस्चार्ज भएका हुन् ।