बाँकेका २२ सहित थप ३० जनामा कोरोना

नेपालगन्ज : बाँकेमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा नेपालगन्जका १५ र कोहलपुरका ७ गरी २२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । संक्रमितमा १३ पुरुष र ७ महिला छन् । भेरी अस्पताल नेपालगन्जले विहीबार अपरान्ह ५ बजे सार्वजनिक गरेको विवरणमा गत २४ घन्टामा पत्ता लागेका नयाँ संक्रमितहरुमा बाँकेका २२, बर्दियाका ५ र सुर्खेतका ३ गरी ३० जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *