४ जना बैंकका कर्मचारीसहित बर्दियामा फेरी थपिए ८ संक्रमित

गुलरिया : बर्दियामा बिहीबार ८ जना कोरोना संक्रमित थपिएका छन् ।
भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा चार जना बैंकका कर्मचारीसहित ८ जनामा कोरोना भएको हो । जसमध्ये बाँसगढीका ३ पुरुष र २ महिला गरी ५ जना रहेका छन् । ती मध्ये एकजना महिला र सुर्खेत घर भएका ३ जना बैंकका कर्मचारीमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बर्दियाका कोरोना फोकल पर्सन कृष्णगोपाल चौधरीले बताए । अस्पतालले बिहीबार अपरान्ह ५ बजे सार्वजनिक गरेको विवरण अनुसार बाँसगढी नगरपालिका वडा नम्वर ५ का ३, वडा नम्वर ८ का २ र वीरेन्द्रनगर सुर्खेत घर भएका ३ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको थियो । यो सँगै बर्दियामा कूल संक्रमितको संख्या २ सय ७७ पुगेको छ । जसमध्ये २ सय ३८ जना आइसोलेसनबाट घर फर्किसकेका छन् ।