बाँकेको निषेधाज्ञा १३औं दिनमा हटाइयो
नेपालगन्ज : बाँके जिल्लामा जारी निषेधाज्ञा १३औं दिनमा हटाइएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले शुक्रबार राति १२ बजेबाट लागू हुने गरी निषेधाज्ञा हटाइएको जानकारी दिए । जिल्लामा समुदाय स्तरमा कोरोना संक्रमण पुष्टि हुन थालेपछि १८ साउनदेखि निषेधाज्ञा जारी गरिएको थियो । ३ दिन नेपालगन्जको मूल सहरलाई शिल गरेर नेपाली सेनाको अगुवाइमा संयुक्त सुरक्षा फौज परिचालन गरिएको थियो ।