बाँकेमा थपिए १० संक्रमित

नेपालगन्ज : बाँकेमा १० जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठका अनुसार भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा शनिबार बाँकेका थप १० जनामा संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा ४ सय ७० नमूना परीक्षण गरिएकोमा बाँकेका १०, बर्दियाको गुलरिया नगरपालिकाका दुई र दाङका एकजना गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।