१५ शसस्त्र प्रहरी, १ नेपाल प्रहरी, ३ ग्लोबल बैंक कर्मचारीसहित बाँकेमा २० जनामा कोरोना

नेपालगन्ज : बाँके जिल्लामा आइतबार थप २० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार शसस्त्र प्रहरी बल ४२ नं. गुल्मका १५ जना छन् । जसमा दुई जना महिला पनि छन् ।
त्यसैगरी ग्लोबल बैंक कोहलपुर शाखाका २ जना र नेपालगन्ज शाखाका एक जना गरी ३ जना बैंक कर्मचारीलाई कोरोना भएको छ । कोहलपुर ११ का ३० वर्षका पुरुष भने इलाका प्रहरी कार्यालय कोहलपुरका चालक हुन् । खजुरा–६ मा ६ वर्षीया बालिकालाई पनि कोरोना संक्रमण भएको छ । योसँगै बाँके जिल्लामा कोरोना संक्रमितको संख्या सात सय २६ पुगेको छ । कोरोना निको भएर डिस्चार्ज भएका चार सय ४४ र कोरोनाबाट ३ जनाको मृत्यु भएको छ ।