उपमहानगरका प्रवक्ता रिजालसहित ११ डिस्चार्ज

प्रमोद रिजाल

नेपालगन्ज : बाँके जिल्लामा सोमबार ११ जना संक्रमित आइसोलेसनमा डिस्चार्ज भएका छन् ।
नेपालगन्ज उपमहानगरपालिका प्रवक्ता वडा नं. १ का अध्यक्ष प्रमोद रिजाल कोरोना जितेर खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनबाट बिहान ११ बजेतिर डिस्चार्ज हुन लागेका हुन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार डिस्चार्ज हुनेमा लायन्स डेन्टल आइसोलेसनबाट ५ जना, क्यान्सर अस्पताल आइसोलेसन र आदर्शनगर आइसोलेसनबाट तीन तीन जनामा डिस्चार्ज हुन लागेका हुन् । यो सँगै बाँकेका आइसोेलेसनमा डिस्चार्ज हुने चार सय ५५ जना पुगेका छन् । जिल्लामा बाहिरी जिल्लाका ७ जनासहित कूल संक्रमितको संख्या ७ सय ३७ पुगेको छ । आइसोलेसनमा अझै दुई सय ७२ जना छन् । जिल्लामा कोरोनाबाट ३ जनाले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *