बाँकेमा थप १२ जनामा कोरोना संक्रमण

नेपालगन्ज: बाँकेमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भेरी अस्पतालमा गरिएको परिक्षणमा ११ जना र बागेश्वरी ल्यावमा गरिएको परिक्षणमा एकजना गरी १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्य ११ जना नेपालगन्जका र १ जना खजुराका रहेको फोकल पर्सन श्रेष्ठले बताए ।
भेरी अस्पतालका अनुसार अस्पतालको कोरोना प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५ सय ५० जनाको नमूना परिक्षण गरिएकोमा १४ जनामा कोरोना पुष्टि भएको छ । ति मध्य ११ जना बाँकेका, २ जना बर्दियाका र १ जना सुर्खेतका रहेका छन ।