कोरोनाबाट मृत्यु भएका नेपालगन्जका पुरुषको शव व्यवस्थापन
![](https://merokhusi.com/wp-content/uploads/2020/08/Death_Body.jpg)
नेपालगन्ज : बाँके जिल्लामा कोरोनाबाट मृत्यु भएका चौथो व्यक्तिको शव मंगलबार बिहान व्यवस्थापन गरिएको छ ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा सोमबार राति ११ः४० बजे मृत्यु भएका नेपालगन्ज उपमहानगरपालिका ५ का ६२ वर्षका पुरुषको शव नेपाली सेनाको टोलीले नगरभित्रै व्यवस्थापन गरेको हो । शव व्यवस्थापन गर्दा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका संयोजक बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ पनि उपस्थिति रहेको थियो ।