बाँकेमा कार्यरत ३४ नेपाली सेनामा कोरोना, बिहीबार मात्र १७ सैनिक संक्रमित

नेपालगन्ज : बाँके जिल्लामा बिहीबार १७ जना नेपाली सेनालाई कोरोना संक्रमण भएको भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुुसार जिल्लामा २४ जना संंक्रमित थपिएकामध्ये १७ जना कोहलपुरका छन् । ती सबै नेपाली सेनाको प्रदेश ५ अन्तरगत रहेको मध्यपश्चिम तालिम निर्देशनालय कौशिलानगरमा कार्यरत सैनिक हुन् । केही दिन अघि सोही ९ जनामा कोरोना संक्रमण भएको थियो । ९ जना संक्रमितको कन्ट्याक्ट टे«सिङका आधारमा थप ४ जना सैनिकमा कोरोना भएको थियो भने बिहीबार १७ जना सैनिक पनि कन्ट्याक्ट टे«सिङका आधारमा थपिएका हुन् ।
अहिलेसम्म बाँके जिल्लामा कार्यरत ३४ जना नेपाली सेनालाई कोरोना संक्रमण भएको छ । राँझास्थित सैनिक अस्पतालमा एक जना दन्त चिकित्सकसहित ३ जना सैनिक र उनका परिवार र भैरव प्रसाद गणका बर्दियाको गुलरिया सदरमुकाममा कार्यरत एक जना सैनिकलाई पनि कोरोना भएको थियो ।