बर्दियाको राजापुरका ५ जनामा कोरोना

राजापुर : बर्दियाको राजापुरमा बिहीबार ५ जना कोरोना संक्रमित थपिएका छन् ।
राजापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश अर्यालका अनुसार भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा वडा नम्बर १ का एक जना, वडा नं. ३ का दुई जना, वडा नं. ४ का एक जना र राजापुर–४ स्थित क्वारेन्टाइनमा बसेका एक जनामा कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि भएका मध्ये ३ जना यात्रा विवरणमा नपरेका व्यक्ति हुन् भने एक जना राजापुर–५ निवासी क्वारेन्टाइनमा बसेका र अर्का एक जना केही दिन अघि राजापुरमा संक्रमित देखिए पछि शिल गरेको बस्तीका हुन् ।