कर्णाली नदीको कटान रोक्न २५ सयको श्रमदान (फोटो फिचर)

शक्ति परियार । राजापुर
बर्दिया जिल्लाको राजापुर नगरपालिकास्थित कर्णाली नदीको कटान रोक्न दुई हजार पाँच सयभन्दा बढी स्थानीयले श्रमदान गरेका छन् ।
राजापुरको वडा नंं.३ तिघ्रा र वडा नं. १ टिहुनीस्थित केही दिन यता कर्णाली नदीले उच्च कटान गर्न लागेपछि शनिबार वडा नंं १, ३, ४, ७ र ८ का झण्डै २५ सय भन्दा बढि स्थानीयले जन श्रमदान गरेका हुन् । कर्णाली नदीको कटानको जोखिम दिनप्रतिदिन बढ्दै गएपछि नदी तटीय क्षेत्रमा बस्नेहरुमा बाढीको त्रास बढ्दो छ ।